Monday April 29, 2024

नेपाली बस्ती अलडरसटका सासंद Mr Leo Doherty आर्मड फोर्स मन्त्रीमा नियुक्त

१४ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1125


नेपाली बस्ती अलडरसटका सासंद Mr Leo Doherty आर्मड फोर्स मन्त्रीमा नियुक्त

शीतलपाटीन्युज डटकम।

लन्डन । नेपालीहरुको बाक्लो बस्ती रहेर नेपालीहरुको राजधानी मानिने फान्बोरो अल्डरसट इलाकाका सांसद एवम गत अगष्ट २०२१ मा भूतपूर्व गोर्खाहरुको भोक हड्ताल अन्त्य गराएका युरोप हेर्ने मन्त्री लियो डोकर्टीले आर्मड् फोर्सेस मन्त्री नियुक्त भयका छन। 

बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई आफ्नो मन्त्रीपरिषद हेरफेर गर्न वाध्य पार्दै दुई मन्त्रीले मंगलबार राजिनामा दिएपछि एउटा पदमा अल्डरसट क्षेत्रका सांसद तथा पूर्व सैनिक लियोले आर्मड् फोर्सेस मन्त्री बन्ने अवसर पाएका हुन्। अर्का मन्त्री ल्यूक हल शिक्षा मन्त्री बनेका छन्।

लियो झण्डै अढाइ वर्षअघि गोर्खाहरुको आमरण अनसन तोड्ने मन्त्री पनि हुन् जुनबेला उनी भेट्रान मिनिष्टर थिए। त्यो बेला बेलायतले गोर्खा मुद्दा सम्बोधनका लागि वार्ता गर्ने प्रतिवद्धता गरेपछि भोक हड्ताल अन्त्य भएको थियो। मन्त्री लियोले जुस ख्वाएर ज्ञानराज राई, धन गुरुङ र पुष्पा घले राणाले १३ दिने अनसन तोडेका थिए ।

सोही बेला मन्त्री लियोले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई एक समझदारीपत्र हस्तान्तरण गरेका थिए जसमा वार्ताद्वारा भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्ने प्रतिवद्धता थियो। त्रिपक्षीय वार्ताको एक दिन अघिमात्र लियो बेलायती रक्षा मन्त्रालय (एमओडी) अन्तर्गत आर्मड् फोर्सेस मन्त्री बनेका छन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?